एनपीएलको टिकट देखाउने सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाइड रिसोर्टमा २० प्रतिशतसम्म छुट
काठमाडौं — सिद्धार्थ बैंक र काठमाडौंको दक्षिणकालीस्थित चम्पादेवी हिलसाइड रिसोर्टबीच ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।
त्यस्तै, ‘सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग’का टिकट होल्डरहरूका लागि विशेष अफर ल्याइएको छ।
टिकट होल्डरहरूले आफ्नो टिकट देखाएर भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो योजना एसबिएलएनपीएल सिजन—२ सम्म लागू हुने बैंकले जनाएको छ।
यस सम्झौताले ग्राहकलाई सुविधा पुग्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।