प्रचण्डको विशेष घोषणाले एमाले कांग्रेसका नेताहरुको निदहराम

मंगलबार, २३ मंसिर २०८२

काठमाडौं— प्रचण्डको विशेष घोषणाले एमाले कांग्रेसका नेताहरुको निदहराम भएको छ ।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रचण्डले २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएपछि एमाले कांग्रेसभित्र भ्रष्ट नेताहरुको निदहराम भएको हो ।

२०४६ पछि एमाले, कांग्रेस र माओवादीका नेताहरु उच्च पदमा पुगेका थिए ।

‘‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले सन्देशमा भनेका छन्, ‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह,पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरण लगायत ठूल—ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’

भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताएका छन् ।

यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास प्रचण्डको छ ।