कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेटवार्ता
काठमाडौं— प्रधानमन्त्री बन्न कांग्रेस एमालेले उचालेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटवार्ता गरेकी छन् ।
पितृशोकमा रहेका श्रेष्ठलाई कार्कीले कुपण्डोलस्थित निवास पुगेर भेटवार्ता गरेकी हुन् ।
श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै आफू त्यसका लागि तयार नरहेको बताएका थिए ।
कार्कीलाई हटाएर श्रेष्ठलाई प्रधानमन्त्री बनाउन एमाले कांग्रेसले पहल गरिरहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेर समवेदना व्यक्त गरेकी छन् ।
मंगलबार दिउँसो कुपण्डोलस्थित श्रेष्ठ निवासमा पुगेकी प्रधानमन्त्री कार्कीले कल्याणप्रति समवेदन व्यक्त गर्दै दिवंगत उनका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
यही मंसिर १६ गते नर्भिक अस्पतालमा उपचारका क्रममा कल्याण्का ९५ वर्षीया बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको निधन भएको थियो ।
समवेदना व्यक्त गर्न पुगेकी प्रधानमन्त्री कार्की र श्रेष्ठबिच देशको राजनीतिक तथा समसामयिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।