कुलमानलाई हटाउने तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालाई अदालतले राहत दियो

मंगलबार, २३ मंसिर २०८२

काठमाडौं— कुलमानलाई हटाउने तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालाई अदालतले राहत दिएको छ ।

काठमाडौं जिल्ला अदालतले घरमा तोडफोड र आगजनी गर्ने सुर्खेत घर भइ बुढानिलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह र बुढानिलकण्ठ नै बस्ने ३१ वर्षीय सुसम श्रेष्ठलाई न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले पुपक्षका लागि थुनामा पठाएको छ ।

उनीहरूविरुद्ध साढे ७ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बूढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेयठ र काभ्रेकी ३९ वर्षीय रेखा ९सानी० सुनारलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार चलान र रेखालाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

उनीहरूविरुद्ध साढे ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । तत्कालीन मन्त्री दीपक खड्काका भाइ जीवन खड्काले दर्ता गरेको जाहेरीमा घर, निजी तथा सरकारी गाडीहरू, करिब ६ तोला सुनका विभिन्न गहना, डायमण्ड र मोतीका सेट, मुगा गहनालगायतका सामग्री, ५ लाख नगद, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर र अन्य बहुमूल्य सामान चोरी र डाँका परेको उल्लेख छ।