विष्णु पौडेल एमालेको सर्वसम्मत अध्यक्ष बन्ने सम्झावना ह्वात्तै बढ्यो
काठमाडौँ – नेकपा एमालेका उपाधक्ष्य विष्णु पौडेल एमालेको भाबी अध्यक्ष बन्ने सम्झावना बढेको छ । केपी ओलीविरुद्ध अध्यक्षको उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिको कार्ड फालेपछि विष्णुलाई चिठ्ठा पर्न लागेको छ ।
सम्पादकहरूसँगको अन्तक्रियामा पोखरेलले ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने अबस्थामा आफू पछि हट्ने घोषणा गरेका छन् । सम्भवत् ओली आफै उम्मेदवार नभए आफ्ना विश्वास पात्र पौडेललाई अगाडि सार्ने सम्भावना बलियो छ ।
त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए ।
‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने,’ पोखरेलले थप भने, ‘उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’