मोरङमा प्रहरीले फेला पार्यो ९ क्विन्टलभन्दा बढी गाँजा
काठमाडौं— मोरङ प्रहरीले रंगेली नगरपालिका–८ बाट गए राति बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।
घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा