महादिवेशन उद्घाटनकै दिन केपी ओलीलाई झड्का

शनिबार, २७ मंसिर २०८२

काठमाडौं— महादिवेशन उद्घाटनकै दिन केपी ओलीलाई झड्का लागेको छ ।

यता तामझामका साथ उद्घाटन चलिरहदा उता अदालतबाट एमालेका चर्चित नेतालाई पक्राउ गर्न आदेश आएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पुनः नियन्त्रणमा लिन अदालतले प्रहरीलाई आदेश दिएको छ ।

विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरलाई पक्राउ गर्न मंसिर २१ गते नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

अदालतले भदौ १६ गतेको आदेशानुसार सरकारवादी र ऐन महर प्रतिवादी रहेको मुद्दामा पछिल्लो आदेश दिइएको जनाएको छ ।