ऋण उठाउन गएका बैंकका कर्मचारीलाई स्थानीयले कालोमोसो दलेर जुत्ताको माला लगाए

आइतबार, २८ मंसिर २०८२

काठमाडौं—ऋण उठाएन गएका बैंकका कर्मचारीलाई स्थानीयले कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

ज्योति विकास बैंकको सप्तरी शाखाबाट खटिएका कर्मचारीलाई कालोमोसो दली, कुटपिट गालीगलौज गरेको बैंकले जनाएको छ ।

मंसिर २५ गते दिउसो कर्मचारीहरु माथि दुव्यवहार भएको बैंकका सूचना अधिकारी प्रकाश बरालले बताएका छन् । दुर्गा प्रसाईको ऋण नतिर्ने अभियानका कारण बैंकरहरु असुरक्षित बनेका छन् ।

ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो ।

यो मंसिर २५ गतेको घटना हो । कर्जाको किस्ता नियमित नभएपछि बैंकका कर्मचारी कसरी नियमित बनाउन सकिन्छ भनेर ऋणीसँग छलफलमा जाँदा उहाँहरुमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ,’ बराललले भने, ‘कुटपिट गर्नेहरु ऋण र ऋणीका आफन्त र ग्यारेन्टी बस्नेहरु रहेको जानकारीमा आएको छ ।’

बरालले कर्मचारीमाथि भएको दुर्व्यवहार नियामक नेपाल राष्ट्र बैंकलाई पनि जानकारी गराइसकेको बताए ।

पछिल्लो समय बैंकका कर्मचारीमाथि दुर्व्यवहारको घटना बढिरहेको छ ।