महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

आइतबार, २८ मंसिर २०८२

काठमाडौं—प्रधानमन्त्रीकी कानुनी सल्लाहकारलाई ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले निलम्बन गरेको छ ।

भ्रष्टाचारविरुद्ध विश्वव्यापी संजाल भएको संस्था महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।

सार्वजनिक पदमा रहँदा पनि विवादमा मुछिएपछि नाबालिग किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि ट्रान्सपरेन्सीले कारवाही गरेको हो ।

ट्रान्सपरेन्सीले होपको मुद्दामा विवादास्पद निर्णय गरेको र सर्वोच्च अदालतबाट समेत उनीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी भएको भन्दै उनलाइ निलम्बन गर्ने निर्णय गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालको मंसिर १७ गते बसेको बैठकले भण्डारीलाइ निलम्बनको निर्णय गरेको बताईएको छ ।