ओली प्यानलमा कोशीबाट अध्यक्षसहित ५ पदाधिकारी, ४९ जना केन्द्रीय सदस्य भिड्दै

सोमबार, २९ मंसिर २०८२

काठमाडौं— नेकपा एमालेको जारी महाधिवेशनमा संस्थापन पक्षबाट कोशीबाट मात्र पदाधिकारीमा अध्यक्षसहित ५ जनाले उम्मेदवारी दिने भएका छन् ।

संस्थापन पक्षले टुङ्गो लगाएको लिस्टमा अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा गुरु बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा शेरधन राई र हिक्मत कार्कीको नाम छ ।

बराल यसअघि पनि उपाध्यक्ष थिए । उपमहासचिवको लिस्टमा रहेका ढकाल यसअघि जनसङ्गठन प्रमुख थिए । राई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश समितिको इञ्चार्जको भूमिकामा थिए । उनी कोशी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री समेत हुन् । सचिवको लिस्टमा परेका कार्की भने कोशी प्रदेश सरकारका मुख्यमन्त्री हुन् । उनी पार्टीमा भने स्थायी कमिटी सदस्य थिए ।

संस्थापन पक्षले टुङ्गो लगाएको केन्द्रीय सदस्यको लिस्टमा कोशी प्रदेशबाट विभिन्न क्लस्टरबाट गरेर ४९ जना अटाएका छन् । महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने आकांक्षासहित काठमाडौँ पुगेका केही भने यो लिस्टमा अटाएका छैनन् । संस्थापन पक्षमा रहेकाहरू लिस्टमा नपरेपछि कतिपयले खुल्ला उम्मेदवारी दिने तयारी गरेका छन् ।

महाधिवेशनमा पदाधिकारीका लागि तयारी गरेका कतिपय नामसमेत केन्द्रीय सदस्यको लिस्टमा राखिएको छ । प्रदेशबाट विशाल भट्टराई, अग्नि खरेल पदाधिकारीका आकाङ्क्षी थिए । यस्तै संस्थापन पक्षको लिस्टमा प्रदेशमा पदाधिकारी रहेकी जलवर्षा राजवंशी केन्द्रीय सदस्यको लिस्टमा रहेकी छन् । यसै गरी प्रदेशको पदाधिकारीमा पराजित शिल्पा कार्की निरालासमेत यस संस्थापन पक्षको लिस्टमा परेकी छन् । कार्की विराटनगर महानगरकी उपप्रमुख हुन् भने राजवंशी गौरादह नगरपालिकाकी उपप्रमुख हुन् ।

संस्थापन पक्षले टुङ्गो लगाएको लिस्टमा कोशी प्रदेश भूगोलबाट सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका रामबहादुर मगर र झापाका इन्द्र भण्डारी परेका छन् । यस्तै प्रदेश भूगोलबाट महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मिना उप्रेती छन् । युवातर्फ ताप्लेजुङका क्षितिज थेबे लिस्टमा छन् । एमालेमा कोशी प्रदेश भूगोलबाट ९ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

अरू कुन क्लस्टरबाट

आदिवासी जनजाति क्लष्टर
– श्रीप्रसाद जबेगु, पाँचथर
– तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ
– राजेन्द्र राई, धनकुटा
– पासाङ शेर्पा, ताप्लेजुङ
– हेमराज राई भोजपुर
– मनोज ताम्ली झापा ( युवा )

आदिवासी जनजाति महिलातर्फ
– उषाकला राई,खोटाङ
– आशा जबेगु, पाँचथर
– भूमिका सुब्बा धनकुटा
– तारा तितुङ धनकुटा

मधेसी क्लष्टर
– जगदीश कुसियैत, सुनसरी
– दिलीप बगडिया, मोरङ

दलित महिलातर्फ
– विष्णुमाया विक, तेह्रथुम

थारु महिला
– मञ्जु चौधरी उदयपुर

खुल्लातर्फ

– राजेन्द्र गौतम, सङ्खुवासभा
– भीम आचार्य, सुनसरी
– अग्नि खरेल, झापा
– लालबाबु पण्डित, मोरङ
– तुलसी न्यौपाने, सङ्खुवासभा
– प्रेम दंगाल, सुनसरी
– देवेन्द्र दाहाल, झापा
– जितबहादुर दर्जी, झापा
– गोविन्द थापा, झापा
– दीपक कार्की, झापा
– विशाल भट्टराई, झापा
– यज्ञराज सुनुवार, ओखलढुङ्गा
– चिन्तन पाठक, झापा
– ऋषिकेश पोखरेल, मोरङ
– होमबहादुर थापा झापा
– एलिजा गौतम, झापा
– भगवती चौधरी, सुनसरी
– गीता अधिकारी, झापा
– सुनिता बराल, झापा
– निर्मला पाठक,झापा
– बिनादेवी राई, खोटाङ
—सकुन्तला लेप्चा, इलाम
– जलवर्षा राजवंशी, झापा
– अस्मिता थापा, ओखलढुङ्गा
– शिल्पा निराला कार्की मोरङ