सोमबार ६.७४ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार

सोमबार, २९ मंसिर २०८२

काठमाडौँ — साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू ३ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।