ओलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनमा पुनः अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा सोमबार अपराह्न ओलीले अध्यक्षका लागि पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए ।
ओलीभन्दा अगाडि ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
एमालेमा आज उम्मेदवारी मनोनयन र भोलि ११ बजेदेखि नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । दुवै पक्षले पदाधिकारी र केन्द्रीय सदस्यमा प्यानलसहित उम्मेदवारी दर्ता गर्दै छन् ।