नक्कली जेनजीको विगविगीले जिल्ला प्रशासन कार्यालय आजित
काठमाडौं— नक्कली जेनजीको विगविगीले जिल्ला प्रशासन कार्यालय आजित भएको छ ।
जेनजी आन्दोलनमा घाइते भएको भन्दै परिचयपत्र बनाउन नक्कली घाइते जेनजीको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड लागेपछि आजित भएर परिचयपत्र वितरणको काम स्थगित भएको छ ।
गृह मन्त्रलयको वेबसाइटमा प्रकाशन भएको घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आएपछि अर्को व्यवस्था नभएसम्मका लागि परिचयपत्र वितरणको काम स्थगित गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले नक्कली जेनजीको संख्या बढ्दै गएको भन्दै आजै (सोमबार) का मितिदेखि परिचयपत्र वितरण रोकेको हो ।
गृह मन्त्रलयको वेबसाइटमा प्रकाशन भएको घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आएपछि अर्को व्यवस्था नभएसम्मका लागि परिचयपत्र वितरणको काम स्थगित गरिएको प्रशासनले जनाएको छ ।
“२०८२ भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा घाइते भई यस कार्यालयमा जेनजी घाइते परिचयपत्र बनाउनका लागि गृह मन्त्रालयको वेबसाइटमा प्रकाशन भएको घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि जेनजी घाइते बनाउने प्रयोजनका लागि आउने क्रम बढ्दो भएकाले यस सम्बन्धमा गृह मन्त्रालयको निर्देशन लिई निर्णय गर्नुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्म जेनजी घाइतेको परिचायपत्र वितरणको कार्य स्थगन भएको व्यहोरा जानकारीको लागि अनुरोध छ,” प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।