६ शक्तिशाली नेताले केपी शर्मा ओलीको साथ छोडे
काठमाडौं—अध्यक्ष बन्न उक्साएर एमालेका ६ शक्तिशाली नेताले केपी शर्मा ओलीको साथ छोडेका छन् ।
महासचिव पदका दाबेदार प्रदीप ज्ञवाली, पूर्वशिक्षा मन्त्री रघुजी पन्त, नेता कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, राजेन्द्र गौतम र लालबाबु पण्डितले ओलीको साथ छोडेका हुन् ।
ओलीले प्यानल बनाउँदा आफूहरुलाई नसमेटेको भन्दै असन्तुष्ट बनेका केहीले ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवार घोषणा गरेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।