अबको पत्रकारिता राष्ट्रिय स्वाधीनता र समाजवादका लागि हुनुपर्छ: प्रकाण्ड सी

सोमबार, २९ मंसिर २०८२

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय स्वाधीनताको रक्षा गरी समाजवाद ल्गाउने अभियानमा पत्रकारिता गर्न अपिल गर्नु भएको छ ।

जनपत्रकार संगठन नेपालको पाँचौं केन्द्रीय समितिको पूर्ण बैठकलाई सोमबार काठमाडौमा सम्वोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै नेपालमा समाजवाद लगाउने अभियानमा पत्रकारिता गर्न अपिल गर्नु भएको हो ।

उहाँले पत्रकारिता क्षेत्र भनेको पनि परिवर्तनको अग्रमोर्चा भएको भन्दै नेपालमा परिवर्तनका लागि पत्रकारिता क्षेत्र जनपक्षीय हुनुर्ने बताउनु भयो ।
‘क्रान्तिले समस्याको समाधान गर्छ, नवदलाल र पूँजीवादी साम्राज्यवादीहरुले पैदा गरेका समस्याहरुको समाधानका लागि नेपालमा क्रान्तिकारी जनपक्षीय पत्रकारिता आवश्यक छ’ प्रवक्ता प्रकाण्डले भने, ‘नेपालमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादमा जानु पर्छ, एकीकृत जनक्रान्तिको मोर्चा नै स्वाधीनता र समाजवादको हो ।’
उनले नेपालमा जेनजी आन्दोलनपछि राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादीहरुको नाङ्गो हस्तक्षेत्र भएको भन्दै स्वाधीनताको राष्ट्रिय आन्दोलनमा सबैलाई सहभागी हुन अपिल गरका छन्  ।

‘वर्तमान सरकार साम्राज्यवादीहरुको कठपुतली सरकार हो, यो सरकारबाट समस्याको समाधान हुदैन’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘देशको समस्या समाधानका लागि सर्वपक्षीय सरकार चाहिन्छ, त्यसैले मात्र निश्पक्ष निर्वाचन गर्न सक्छ, साम्राज्यवादी डिजाईनमा हुने निर्वाचनमा नेकपा ९माओवादी० सहभागी हुदैन, नेपाली जनताले ढुक्क भएर मतदान गर्ने अवस्था हुनुपर्छ ।’

उहाँले नयाँ कम्युनिष्ट केन्द्र बनाएर, नयाँ नेतृत्व र नयाँ विचारका साथ देशलाई नेतृत्व गर्र्न आफ्नो पार्टी तयार भएको भन्दै साम्राज्यादीहरुले मिलाईदिएको प्रचण्ड माधवको एकतामा आफूहरु नगएको स्पष्ट पारे । उनले नेपालका सबै पत्रकारहरुको नेतृत्व गर्ने गरी जनपत्रकार संगठनले आफुलाई सुदृढ गर्दै त्यही अनुसार काम गर्न निर्देशन पनि दिएका छन् ।

बैठकमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले आगमी फागुन २८ र २९ गते तोकिएको राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न सबैलाई जिम्मेवारी बोध भएर योजनामा लाग्न निर्देशन दिएका छन् ।बैठकमा जनसांस्कृति महासंघका महासचिव कुशल सीले पनि संगठनको आगामी योजना कार्यान्वयनमा सबैलाई लाग्न सुझाव दिनु दिए । बैठकले जिल्ला र प्रदेश भेला तथा सम्मेलन गर्ने देखि राष्ट्रिय सम्मेलन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठक संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माको अध्यक्षतामा मंसिर २८ र २९ गते बसेको थियो ।