एमालेको चुनावी प्रचारमा गायिका ज्योति मगर

मंगलबार, १ पौस २०८२

काठमाडौं – गायिका ज्योति मगर नेकपा एमालेको चुनावी प्रचारमा सहभागी भएकी छन् ।

मंगलबार (पुस १) उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा देखिएकी हुन् ।

उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । उनीहरूको प्रचार गरेकी छन् ।

११औँ महाधिवेशनअन्तर्गत एमालेको चुनावी प्रक्रिया जारी छ । आज दिउँसो ३ बजेदेखि विद्युतीय मेसिनबाट मतदानको तयारी छ ।