नख्खु पुगेर राजेन्द्र लिङ्देनले भेटे रवि लामिछानेलाई

मंगलबार, १ पौस २०८२

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

लिङ्देनले आज नख्खु कारागार पुगेर लामिछानेसँग भेट गरेका हुन्। दुई नेताहरुबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ।