नासा सेक्युरिटीजमा डिम्याट खाता खोल्ने ग्राहकले निशुल्क विश्वकप क्रिकेट हेर्न पाउने

मंगलबार, १ पौस २०८२

काठमाडौं— नासा सेक्युरिटीजमा डिम्याट खाता खोल्ने ग्राहकले निशुल्क विश्वकप क्रिकेट हेर्न पाउने भएका छन् ।

आगामी माघ २७ गतेदेखि भारतमा हुने ‘आईसीसी टी–२० विश्वकप २०२६’ लाई लक्षित गर्दै क्रिकेटप्रेमी ग्राहकहरुका लागि सेक्युरिटिजले यस्तो अफर ल्याएको हो ।

डिम्याट खाता खोल्ने १० जना भाग्यशाली ग्राहकले दुईतर्फी हवाई टिकट, खेल हेर्ने टिकट, मुम्बईमा होटल बसाई, ब्रेकफास्ट र एयरपोर्ट–होटल–रंगशाला आउजाउ गर्ने यातायात सुविधा पाउने छन् ।

पुरुष टी२० विश्वकपको १०औं संस्करण ‘आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६’ फेब्रुअरी ७ देखि मार्च ८ सम्म (माघ २४ देखि फागुन २४ गते) भारत र श्रीलंकाको विभिन्न मैदानमा हुँदैछ ।

नासा सेक्युरिटिजले छानिएका ग्राहकलाई भारत लैजाने योजना बनाएको हो।

यो योजनामा सहभागी हुनका लागि ग्राहकले ११ डिसेम्बर २०२५ देखि २९ जनवरी २०२६ (२०८२ माघ १५ गते सम्म) को अवधिमा नासा सेक्युरिटीजमा नयाँ डिम्याट खाता खोल्नुपर्नेछ। तोकिएको अवधिभित्र खाता स्वीकृत अवस्थामा रहेका ग्राहकहरू मात्र लक्की ड्रका लागि योग्य मानिने कम्पनीले जनाएको छ।

नयाँ डिम्याट खाता खोल्नेहरु ग्राहकहरू मध्ये १० भाग्यसाली विजेताले नेपालबाट भारतको दुईतर्फी हवाई टिकट , नेपालको टी–२० विश्वकप खेलको टिकट, मुम्बईमा बसाइ दुई जनाले कोठा शेयर गर्ने गरी होटल बसाई, ब्रेकफास्ट र एयरपोर्ट–होटल–रंगशाला आउजाउ गर्ने यातायात सुविधा पाउने छन् ।

ब्रेकफास्ट बाहेकका खाना, शपिङ, व्यक्तिगत खर्च, भिसा शुल्क (आवश्यक भए), ट्राभल इन्स्योरेन्स आदि भने आफै खर्च गर्नु पर्ने छ। पुरस्कार हस्तान्तरणीय नहुने र नगदमा साट्न नमिल्ने जनाइएको छ।

विजेताहरूको छनोट ५ चरणमा ‘लक्की ड्र’ मार्फत लाइभ प्रसारण गरी पारदर्शी रूपमा गरिनेछ। २ जनवरी २०२६ मा २ जना विजेता घोषणा गरिनेछ भने ९ जनवरी , १६ जनवरी, २३ जनवरी र ३० जनवरी पनि २, २ जना विजेता घोषणा गरिनेछ ।

विजेतासँग यात्राको लागि कम्तीमा ६ महिना म्याद बाँकी भएको पासपोर्ट हुनुपर्नेछ। विजेता घोषणा भएको ४८ घण्टाभित्र सम्पर्कमा नआए कम्पनीले वैकल्पिक विजेता छनोट गर्न सक्नेछ।

विश्वकपमा नेपालको ऐतिहासिक सहभागितालाई प्रोत्साहन गर्न र ग्राहकलाई नयाँ अनुभव प्रदान गर्न यो योजना ल्याइएको नासा सेक्युरिटीजले जनाएको छ।