‘कति हो तिम्रो मोबाइल नम्बर ?‘
कहाँबाट आएकी, च्वाँखमा च्वाँख
फुर्फुर गछर्यौ, देख्दिनँ प्वाँख
ओ रजहाँस, ओ गुराँस
हाइ हेलो, के छ खबर
क्या हो नाम, कता भो घर
बनौँ न साथी के को डर
नौ आठ चार नौ
एक तीन जिरो तीन
सात तीन मेरो नम्बर
कति हो तिम्रो मोबाइल नम्बर ?
राम्री नारी अनि क्या राम्रो सारी
देख्छु म त तिम्रो सिउँदो नि खाली
क्या इक्वल, तिमी कुमारी म ब्रहमचारी
डाली भो चरी बसी लचक्क
बसुँ कि तिम्रो दिलमा थचक्क
उसै त अग्ली, जुताले झन अग्ली
बाछितामा किन रुझ्छौ, रोकिन्न झरी
छातामा ठाउँ हुँदै किन पर पगली ?
खोलुँ कि मनको दैलो घचक्क
बसुँ कि मनको सोफामा लचक्क