मुख्यमन्त्रीको छोरी ‘हुँ भन्दै’ जबरजस्ती गर्ने एक महिलालाई एमाले सुरक्षा दस्ताले रोक्यो
काठमाडौं— मुख्यमन्त्रीको छोरी ‘हुँ भन्दै’ जबरजस्ती गर्ने एक महिलालाई एमाले सुरक्षा दस्ताले रोकेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलकी छोरी हुँ भन्दै पार्टीको जारी महाधिवेशनस्थलमा छिर्न खोजेकी उनलाई सुरक्षा दस्ताले गेटबाटै फर्काइएको हो ।
गेटमा उभिएका महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले ‘यहाँ मुख्यमन्त्रीको छोरी भन्ने चल्दैन’ भन्दै प्रतिनिधिबाहेक अरु छिर्न नपाइने बताएपछि उनले होहल्ला गरेकी थिइन् ।
यसैबीच ४ बजदेखि सुरु हुने भनिएको मतदान अब साँझ साढे ७ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका संशोधन गर्दै राती १ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
अध्यक्षमा दावी गर्दै आएका केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेपछि नेताहरु तानातानमा परेका छन् । अहिले बन्दसत्रस्थलमा नेताहरु प्रचार प्रसारमा व्यस्त छन् ।