सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
रिसर्च एन्ड इनोभेसन सेन्टर नेपाल (RICON) र नेपाल इन्जिनियरिङ कलेज (nec), आई.ट्रिपल.ई नेपाल च्याप्टर र आई.ट्रिपल.ई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजनमा, आई.ट्रिपल.ई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (ICTP-२०२६) आयोजना हुने भएको छ । ‘सुधारिएको र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने नारा रहेको आइसिटिपी (ICTP) शृङखलाको यो पहिलो आई.ट्रिपल.ई सम्मेलन नेपालको वैज्ञानिक तथा शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङगा सावित हुनेछ ।
ICTP-२०२६ ले नेपालभित्र प्राङ्गिक सम्मेलन र प्रकाशनको गुणस्तरमा वृद्धि गर्ने, नेपाली शैक्षिक संस्थाहरुमा बलियो अनुसन्धान संस्कृति विकास गर्ने र विश्वव्यापि वैज्ञानिक समुदायमा अर्थपूर्ण योगदान पुर्याउने मुख्य उद्देश्य राखेको छ । अन्र्तराष्टिय सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनाम लगायतका देशहरुका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले मुख्य वक्ताको रुपमा सहभागिता जनाउनेछन् । यो सम्मेलनको अध्यक्षता चाइनाको नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्सका प्रा. डा. विकास नकर्मीले गर्नेछन् । प्रा.डा. चाङ ही ली (कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, दक्षिण कोरिया) प्रा.डा. नारायण सी देवनाथ (संस्थापक डिन, स्कूल अफ कम्प्युटिङ एन्ड इन्फर्मेसन टेक्नोलोजी, इस्र्टन इन्टरनेसनल युनिर्भसिटी, भियतनाम) प्रा.डा.स्युङ हन हान (डिन, ग्लोबल डिजिटल इनोभेसनको ग्राजुएट स्कूल कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, कोरिया ) प्रा.चुल हो ली (एआई र डिजिटल रुपान्तरण, स्कूल अफ बिजिनेस एन्ड टेक्नोलोजी म्यानेजमेन्ट) प्रा.डा. शिलङ पान (पूर्वप्रोफेसर र निर्देशक नेशनल की ल्याबोरेटरी अफ माइक्रोवेथ फोटोनिक्स) प्रा.डा. शुपिंग झाङ (डिन, इन्स्टिच्युट अफ अप्टिकल कम्युनिकेसन इन्जिनियरिङ एन्ड अप्टिकल फाइबर सेन्सिङ, नान्जिङ युनिभर्सिटी, चाइना) मुख्य वक्ताको रुपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय योगदानकर्ताहरुबाट एक सयभन्दा बढी अनुसन्धान पत्रहरु अपेक्षित (IEEE ICTP-२०२६) सम्मेलनले सूचना तथा सञ्चार प्रविधि ICT र फोटोनिक्सका क्षेत्रमा अत्याधुनिक विकासलाई आदानप्रदान गर्न अग्रणी विशेषज्ञहरु, आविष्कारकहरु र शिक्षाविद्हरुलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ ।
सम्मेलनको थप विशेषता भनेको कोरियाको शीर्ष अनुसन्धान विश्वबिद्यालय, कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स उन्ड टेक्नोलोजी (KAIST) अन्तरगतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसन (GDI) द्रारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला हो । यो कार्यशाला मार्फत कोरिया र अन्य देशहरुका सरकारी अधिकारीहरु, नीति निर्माताहरु र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरुले डिजिटल गभर्नेन्सका नवीनतम नीतिहरु, एआइ रणनीतिहरु र सीमापार सहकार्य बारे छलफल गर्नेछन् । यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरुबाट प्रत्यक्ष रुपमा सिक्ने र राष्टिय डिजिटल रुपान्तरणका लागि नयाँ मार्गहरु पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्नेछ ।
सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौंको होटेल हायात सेन्ट्रिक, सोल्टी मोडमा आयोजना हुनेछ । विश्वव्यापी सहभागितासहितको ICTP २०२६ ले आविष्कारशील विचारहरु प्रेरित गर्न, सहकार्यलाई बढावा दिन र सुधारिएको, दिगो प्राविधिक विकासलाई अगाडि बढाउने ज्ञान आदानप्रदान गर्न डिजाइन गरिएका विविध सत्रहरुको प्रतिज्ञा गर्दछ ।
नेपालका प्रमुख विश्वविद्यालयहरु, इन्जिनियरिङ कलेजहरु, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठान ( नास्ट) र अन्य धेरै संस्थाहरु सहित थुप्र्रै अग्रणी राष्टिय र अन्तर्राष्टिय संस्थाहरुद्धारा समर्थित यस कार्यक्रमले नेपाली अनुसन्धानकर्ताहरुका उच्च–गुणस्तरका कार्यहरु लगायत प्रभावकारी अनुसन्धानहरुलाई उजागर गर्ने एक जीवन्त मञ्चको रुपमा काम गर्नेछन् । सम्मेलनका प्रमुख ट्रयाकहरुः फोटोनिक्स एप्लिकेसन, कृतिम बुद्धिमता र मेसिन लर्निङ, नवीकरणीय ऊर्जा र हरित कम्प्युटरिङ, सूचना तथा सञ्चार प्रविधि, नीति र डिजिटल गभर्नेन्स, कम्प्युटिङमा नवीकरणीय प्रवृत्तिहरु र रोबोटिक्स र स्वचालन रहेका छन् ।