विवाह गर्छु भन्दै फकाएर वलत्कार

बुधबार, २ पौस २०८२

काठमाडौं – एक २२ बर्षिया युवा १७ बषिया युवलीलाई बलत्कार गरी फरार भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनुरजोडा बस्ने जितेन्द्र सहानीले सोही गाउँपालिका वडा नम्बर ७ की १७ बर्षिया युवतीलाई बलत्कार गरी फरार भएका हुन् ।

मंसिर ९ गते विवाह पन्चमी मेला हेर्ने बहानामा ललाई फकाई बाइकमा जनकपुर लिएर बलत्कार गरेको स्थानीयले बताएका छन् । ‘जनकपुर मेला हेर्न जाउ भनि ललाई फकाई मोटर साइकलमा चढाई जनकपुर लगी तिनतले भवनको कोठामा राखेर जबरजस्ती गरेको र वलत्कार गर्न खोज्दा नमानेपछि म विहे गर्छु भन्दै? सिन्दुर हालेर ६ दिनसम्म वलत्कार गरि फरार भएको पीडित युवतीले बताएकी छन् ।

केटाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवती तल्लो जातको परेकाले घर नलिई फरार भएको नेकपा माओवादीका पोलिटब्युरो सदस्य देवनार सीले बताएका छन् ।