एमालेको महाधिवेशनमा एमालेकै एक नेता कुटिए

बुधबार, २ पौस २०८२

काठमाडौं—एमालेको महाधिवेशनमा एमालेकै एक नेता कुटिएका छन् ।

ओली प्यालनका उम्मेदवारको परिचय पत्र घाँटीमा झुन्ड्याएर अर्को पक्षको प्रचार गरिरहेको भेटिएपछि शंकर साउद महाधिवेशन प्रतिनिधिबाट कुटिएका हुन् ।

कार्ड झुण्ड्याएर भोट मागिरहेका उनले इतर पक्षका उम्मेदवारको प्रचार गरेको खुलेपछि ओली प्यानलका कार्यकर्ता आएर थप्पड हानेका थिए ।

लफडा चर्किएपछि अरु प्रतिनिधिले साउदलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।