लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि रास्वपाले भन्यो : प्रतिशोध खारेज भयो

बिहिबार, ३ पौस २०८२

काठमाडौं— अदालतले रवि लामिछानेमाथि भएको प्रतिशोध खारेज गरेको छ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिशोध उच्च अदालत तुलसीपुरको बुटवल इजलासले खारेज गरेको हो ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको घेराभित्र सभापतिमाथि भएको राजनीतिक प्रतिशोध खारेज भएको बताउँदै अब स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।