रवि लामिछाने ५ सर्तसहित रिहा
काठमाडौं—रवि लामिछानेलाई ५ सर्तसहित रिहा गर्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्दा पाँच सर्त तोकेको हो ।
आदेशमा जिल्ला अदालत रूपन्देहीको १ करोड रूपैयाँ धरौटी लिएर छोड्ने आदेश सदर, २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो स्वीकार, विदेश यात्रा गर्नुपरे अदालतलाई जानकारी दिनुपर्ने, रूपन्देही जिल्ला अदालतको २०८२ साउन २६ गतेको आदेश बदर गर्दै अन्तिम फैसलाले बिगोका हकमा थप दायित्व सिर्जना गरे बुझाउन मञ्जुर भएको कागज गरी थुनामुक्त गर्न भनिएको छ।