रवि लामिछानेले केपी शर्मा ओलीलाई लाजमर्नु बनाए
काठमाडौं— रास्वपा सभापति रवि लामिछानेले केपी शर्मा ओलीलाई लाजमर्नु बनाइदिएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै लामिछानेले आफूप्रति प्रतिशोध साँध्ने नेता ज्यान जोगाउन हेलिकप्टरमा झुन्डिएर भाग्न परेको बताएका हुन् ।
शनिबार चितवनमा पार्टीको कार्यकर्तालाई विशेष सम्बोधन गर्दै लामिछानेले आफूमाथि झुटो मुद्दा लगाउने सरकार लज्जास्पद तरिकाले अपदस्थ भएको बताएका छन् ।
उनले अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि त्यही सरकारले आफूलाई झुन्ड्याइदिएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो पनि गरे।
उनले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ। प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डेर भाग्नपर्यो।’
लामिछानेले व्यक्तिगत लाभका लागि केही नगरेको जिकिर गर्दै रास्वपा देश र जनताका लागि लड्ने बताए।
प्रतिनिधि सभा निर्वाचनमा जिते पनि मन्त्री हुन पाउँदैन भन्ने प्रश्न सुन्न परिरहेको बताउँदै उनले भने, ‘तपाईं सांसद निर्वाचित भए पनि मन्त्री बन्न पाउनुहुन्न रे भन्दै पत्रकार साथीहरूले प्रश्न गर्नुभयो। यो हुन पाउँदैन रे। ऊ हुन पाउँदैन रे। के मान्छे हुन पाउँछु म ? मान्छे मात्रै भएर बाँच्न पाएछु भने पनि म भ्रष्टाचारीविरुद्ध उभिनेछु।’
सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर रवि शुक्रबार मात्र रिहा भएका हुन्। त्यसपछि यो उनको पहिलो राजनीतिक सम्बोधन हो।