पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजा बन्न सक्छन्: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आइतबार, ६ पौस २०८२

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजा बन्नसक्ने बताएकी छन् । ऋषि धमलासँगको अन्तरवार्तामा भण्डारीले राजसंस्था नेपालको एउटा शक्तिकेन्द्रका रूपमा रहेको बताउँदै पुनर्स्थापित भए ज्ञानेन्द्र राजा बन्ने घोषणा गरेकी हुन् ।

राजनीतिमा कुनै कुराको सम्भावनै छैन भन्न नसकिने बताउँदै उनले नेपालमा राजतन्त्र पुनरस्थापनाको सम्भावना जिवितै रहेको जिकिर गरेकी छन् ।

भण्डारीको  नेपालमा राजसंस्था फर्किन सक्ने अभिव्यक्तिलाई अर्थपूर्ण तरकाले हेरिएको छ । उनले भनिन्, ‘जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । उहाँलाई देशप्रति माया छ ।’

उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ, उहाँको सन्तति हो । त्यो हिसाबले सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभो । त्योप्रति पनि मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ गाडी ड्राइभ गरेर श्रीमती लएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ ।