केपी ओलीको टोलमा रवि आतंक
काठमाडौँ – रिहा भएको दुई दिनमै रविले केपी ओलीको सातो खाएका छन् । आफ्नो नेता कार्यकर्तालाई ओली निकास गुण्डुमै पठाएर रविले ओलीको सातो खाएका हुन् ।
प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी साजन तिमिल्सनाको नेतृत्वमा रास्वपाले ओली निवासमा घरदैलो गरे हो ।
घरदैलो कार्यक्रममा सयभन्दा बढी परिवारसँग भेटघाट गरिएको रास्वपाले जनाएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको निवास समेत रहेको गुण्डुमा घरदैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आंकाक्षी उम्मेद्वार साजन तिमिल्सनाले जानकारी दिए । उनका अनुसार पार्टीले नै त्यहाँ घरदैलोमा खटिन निर्देशन दिएको हो ।