एनएमबि बैंकले पायो ईन्टरप्राईज क्षेत्रतर्फ डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५

मंगलबार, ८ पौस २०८२

काठमाडौं – एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ।

यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरि सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरुलाई प्रदान गरिन्छ।

एनएमबिबैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको जनाएको छ।

यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।