युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ
काठमाडौं – युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा डाँगीले उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए छन् । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
डाँगी नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि कोशी प्रदेश कमिटी सदस्यका रुपमा कार्यरत थिए ।
