केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि जाँझबुझ आयोगको अनुसन्धान सोझियो

मंगलबार, ८ पौस २०८२

काठमाडौं—जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि जाँझबुझ आयोगको अनुसन्धान सोझिएको छ ।

आन्दोलनमा भएको दमनसँग सम्बन्धित कर्मचारी र सुरक्षा निकायको नेतृत्वसँग वयान लिएको आयोगले तत्कालिन गृहमन्त्री लेखकलाई पनि बयानका लागि बोलाएको छ ।

लेखकको वयानपछि ओलीलाई बोलाउने आयोगको तयारी छ ।

आयोगले बोलाए पनि ओली र लेखकले वयानमा नजाने घोषणा गरिसकेका छन् ।