बालेनले भने : गोपी हमालदेखि हर्क साम्पाङलाई मिलाउँछु

बिहिबार, १० पौस २०८२

काठमाडौं— काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजीलाई मिलाउने जिम्मा रक्षा बमलाई दिँदै अरु नेतालाई आफूले मिलाउने बताएका छन्।

चुनावको तयारीका लागि राजनीतिक दौडधुपमा रहेका बालेनले जेनजीलाई पनि आफूसँगै ल्याउन खोजेका छन्। त्यसका लागि जेनजीसँग छलफल र समन्वय गर्ने जिम्मा बमलाई दिएको छलफलमा सहभागी उनी निकट एक नेताले बताए।

जेनजी आन्दोलनबाट चर्चामा आएकी बमसँगको छलफलमा अन्य नेतालाई आफूले मिलाउने बताएका हुन्। छलफलमा सहभागी ति नेताका अनुसार बालेनले रक्षा बमसँग भने, ‘तपाई जेनजीलाई मिलाउनुस्। गोपी हमालदेखि हर्क साम्पाङलाई मिलाउँछु।’