बालेनसँग वार्ता सकेर निस्किए रवि
काठमाडौं — रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
वार्ताको परिणामबारे सञ्चारकर्मीलाई तीव्र चासो थियो । तर, रविले ठोस प्रतिक्रिया दिन चाहेनन् । वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति प्रतीक्षा गर्नुस न ।’