काँग्रेस महामन्त्री शर्मा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने

बिहिबार, १० पौस २०८२

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

बैठकमा आफु आगामी चुनावमा उम्मेदवार नबन्ने जानकारी दिदै आफुले एकवर्ष अघि ०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्न भनेको बैठकमा बताएका थिए ।

बैठकमा उनले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराएका थिए । महामन्त्री शर्माले सधै एकै व्यक्ति उम्मेदवार बन्ने राजनीतिक प्रवृत्ति भत्काउन जरुरी रहेको भन्दै चुनावमा अनुहार बदलेर जानुपर्ने र बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्ने बैठकमा बताएका थिए ।

महामन्त्री शर्माले आफु यस चुनावमा देशभर पुगेर सबै उम्मेदवारको प्रचार गर्ने बैठकमा बताएका थिए ।