रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहलाई जेनाजीहरुले थुनिदिए
काठमाडौं—रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहलाई जेनाजीहरुले थुनिदिएका छन् ।
ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा छलफल गरिरहेका बेला उनीहरु जेनाजीद्वारा थुनिएका हुन् ।
जेनजी अभियन्ता सुदन गुरुङले सहमतिका लागि दबाब दिन छलफल स्थलको गेटमा ताला लगाएर थुनेका छन् ।
रवि लामिछाने जेलमुक्त भएपछि फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रवि र बालेनबिच चरणबद्ध छलफल भैरहेको छ।