बालेन–रविको एकता नटुंगीदै तीन सय बढी जेनजी युवाहरु रास्वपा प्रवेश

शुक्रबार, ११ पौस २०८२

काठमाडौं-बालेन-रविको एकता नटुंगीदै तीन सय बढी जेनजी युवाहरु रास्वपा प्रवेश गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेसी तथा मुस्लिम समुदायका युवाहरु रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपालाई जेनजी युवाको पार्टी बनाउन पार्टी सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच बारम्बार छलफल भइरहेको छ ।

छलफलकै बिच युवाहरुको पार्टी प्रवेशले नेता कार्यकर्तामा उत्साह थपेको छ ।