उपसभामुख रानाले संसद् सचिवालयलाई बुझाइन् गाडी

आइतबार, १३ पौस २०८२

काठमाडौं — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।

उपसभामुख रानाले दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

संविधानअनुसार उमेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने भनिएको छ ।

निर्वाचन आयोगका अनुसार, आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरू भएको छ । १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।