रास्वपाको समानुपातिक सूचीका लागि ४० जना उम्मेदवार सिफारिस
काठमाडौं—बालेन शाहले रास्वपाको समानुपातिक सूचीका लागि ४० जना उम्मेदवार सिफारिस गरेका छन् ।
आइतबार भएको मौखिक सहमति अनुसार बालेनले आफू निकट ४० जनाको सूची रास्वपालाई बुझाएका हुन् ।
बालेनको लिस्टमा अधिकांश जेनजीहरु रहेको श्रोतले जनाएको छ ।
बालेनका ४० जनालाई समेटेर रास्वपाले १ सय १० जनाको सूची निर्वाचन आयोगमा बुझाउने छ । उक्त सूचीमा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठको नाम समेत रहेको बुझिएको छ ।