एमाले नेतृले सांसद बन्न एआईलाई चिना हेराईन्

सोमबार, १४ पौस २०८२

काठमाडौं—एमाले नेतृले सांसद बन्न एआईलाई चिना हेराएकी छन् ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक बन्दसूची बुझाउने आफू पर्छुकी पर्दिन भन्दै एमालेकी केन्द्रीय सदस्य साजिदा खातुन सिद्धिकीले एआईलाई चिना हेराएकी हुन् ।

११औँ राष्ट्रिय महाधिवेशनबाट निर्विरोध केन्द्रीय सदस्य बनेकी खातुनले आफू पार्टीको समानुपातिक उम्मेद्वार सूचीमा पर्छु कि पर्दैन भनेर एआईलाई सोधेकी हुन् ।

उनले एआईको जवाफ सार्वजनिक गरेकी छन् ।

एआईले समानुपातिक बन्दसूचीको अग्रस्थानमा हुने र सांसद हुने बलियो सम्भावना रहेको भविश्यवाणी गरेको छ ।

दाङ घर भएकी र अध्यक्ष ओलीलाई ‘बा’ भनेर साइनो लगाउने खातुन एआईको जवाफमा प्रसन्न भएकी छन् ।