रवि लामिछाने पोखरा पुगेर भाबुक बने

बुधबार, १६ पौस २०८२

काठमाडौं—रवि लामिछाने पोखरा पुगेर भाबुक बनेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न जिल्ला अदालत कास्की पुगेका लामिछाने १ बर्षअघिको घटना सम्झिदै भावक भएका हुन् ।

१ बर्षअघि रविले पत्नी निकिता पौडेल लामिछानेको थुनुवा भेटघाट कक्षमै जन्मदिन मनाएका थिए ।

ठिक एक वर्षपछि सोही दिन फेरि जन्मदिनकै अवसरमा कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनुपरेको उनको गुनासो छ ।

‘गत वर्ष प्रहरी साथीहरूको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यही गोलघरमा मनाइएको थियो।’, रविले फेसबुकमा लेखेका छन्, ‘आज थोरै स्वतन्त्रता छ तर लडाइ बाँकी नै छ। हर लडाइँमा हिम्मतसाथ उभिने तिमीलाई जन्मदिनको अनेकौँ शुभकामना ’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत कास्की पुगेका हुन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनी पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।