राष्ट्रिय मानवअधिकार आयोगले निकोलस भुसाललाई बचाउ भनेपछि गृहमन्त्री अस्पताल पुगे
काठमाडौं—राष्ट्रिय मानवअधिकार आयोगले निकोलस भुसाललाई बचाउ भनेपछि गृहमन्त्री अस्पतालमै पुगेका छन् ।
आयोगले पछिल्ला १० दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा. भुसाल र हरिश बिष्टको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराए लगत्तै गृहमन्त्री ओमप्रकाश अर्याल वीर अस्पताल पुगेर भेटघाट गरेका छन् ।
अनसनरत भुसाललाई भेटेर अर्यालले उचित माग सबै सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै अनसन तोड्न आग्रह गरेका छन् ।