जेनजी आन्दोलनमा लखेटिएका मुख्यमन्त्री हेलिकप्टर चढेर पिकनिक खान पुगे
काठमाडौं—जेनजी आन्दोलनमा लखेटिएका मुख्यमन्त्री हेलिकप्टर चढेर पिकनिक खान पुगेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाली कांग्रेस सिरहाले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन् हेलिकप्टरमार्फत धनगढीमाइ नगरपालिका–१४ स्थित सर्रेअम्बासमा पुगेका हुन् ।
बानियाँ साउन २० गते बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव भने सुरक्षा कार्गेटसहित पुगेका थिए । वनभोजमा १० हजार मानिसलाई बोलाइएको थियो ।
मुख्यमन्त्री हेलिकप्टर चढेर बनभोज खान गएपछि सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।
१० हजार मानिसलाई बोलाइएको वनभोजमा १० क्लिन्टल कुखराको मासु, ३ क्विन्टल खसीको मासु, वैष्णवका लागि १० क्विन्टल दही र मिठाइको समेत व्यवस्था गरिएको वनभोजमा सहभागी एक कांग्रेस नेताले जानकारी दिए ।