गगन थापा र विश्वप्रकाश शर्माको केटाकेटी पनले नेपाली कांग्रेसको महाधिवेशन रोकियो
काठमाडौं—गगन थापा र विश्वप्रकाश शर्माको केटाकेटी पनले नेपाली कांग्रेसको महाधिवेशन रोकिएको छ ।
कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित हुनुमा महामन्त्री नै जिम्मेवार रहेको ठहर गर्दै चुनावपछि महाधिवेशन गर्ने निर्णय गरेको छ ।
समयमै सदस्यता नवीकरण र नयाँ वितरण गर्न आफू असफल भएको दोष महामन्त्री थापाले संस्थापनलाई लगाएको भन्दै विशेष महाधिवेशन भनेर केटाकेटी पारा देखाएको नेताहरुले बताएका छन् ।
थापाले मंसिर २४ भित्र निर्वाचन क्षेत्रमा पुगिसक्नुपर्ने क्रियाशील सदस्यता फाराम पुस ५ गते मात्र पठाएका थिए ।
गगन थापा क्रियाशील सदस्यता वितरण र नविकरण गर्न असफल भएपछि वडा अधिवेशन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन प्रभावित भएको छ ।
स्थानीय स्तरमा महाधिवेशन नहुँदा पुस २६–२८ को पूर्वनिर्धारित महाधिवेशन स्थगित हुने सम्भावना बढेपछि थापाले लाज ढाक्न विशेष महाधिवेशनको डम्फु बजाएका छन् ।
गगन थापा समूहका नेताहरुले भने जिल्लामा रहेका संस्थापन पक्षका नेताहरुले सदस्यता वितरण र नविकरण रोकेको आरोप लगाएका छन् ।