आलोचनाको सिकार बनेका प्रकाश सपुतले अन्ततः मुख खोले
काठमाडौं—बालेन शाहको सामानुपातिक लिस्टमा परेपछि आलोचनाको सिकार बनेका प्रकाश सपुतले अन्ततः मुख खोलेका छन् ।
बालेनलाई एकचोटी प्रधानमन्त्री बनाउनपर्छ भन्ने हेतुले आफू रास्वपामा जोडिएको बताउँदै समानुपातिक सांसद हुनु आफ्नो अधिकार भएको ठोकुवा गरेका छन् ।
अहिलेको राजनीतिक परिवर्तन र युवाहरूमा राजनीतिक चेतना बालेनकै कारण आएको बताउँदै दलीय राजनीतिबाट माथि उठेर काम गर्ने आँट अरुमा नभएको जिकिर गरेका छन् ।
बालेनले काठमाडौँको मेयर जितेसँगै राम्रा–राम्रा काम गरेको स्मरण गर्दै उनले यत्तिको मान्छे देशको कार्यकारी भएर काम गर्दा देशलाई एउटा गतिमा लैजाने विश्वाससमेत रहेको बताएका छन् ।
गायक प्रकाश सपुतले भने, ‘म चाहिँ बालेनलाई एकचोटि प्रधानमन्त्री बनाउनपर्छ भन्ने हेतुले रास्वपामा लागेको हुँ।
अहिलेको जति पनि राजनीतिक परिवर्तन छ, युवाहरूमा राजनीतिक चेतना जागेको छ, त्यो बालेनले नै हो।
दलीय राजनीतिबाट माथि उठेर बालेनले काठमाडौँको मेयर जिते र काम पनि गरे।
मलाई यत्तिको मान्छे देशको कार्यकारी भयो भने कम्तीमा पनि उसले संयन्त्र राम्रो बनाउँछ।
टिम राम्रो बनाएर निस्वार्थ रूपमा देशलाई एउटा गतिमा लैजान्छन् है भन्ने लाग्यो। देशको स्टेयरिङ राम्रो ड्राइभरको हातमा जान्छ भन्ने हिसाबले आएँ।’