भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस्
भारत सरकारले भेनेजुएलामा देखिएको पछिल्लो घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन पुनः दोहोर्याएको छ।
सबै सरोकारवाला पक्षलाई संवादमार्फत् शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व सुनिश्चित गर्न आग्रह पनि भारतले गरेको छ।
भारत सरकारले कराकासस्थित भारतीय दूतावास र त्यहाँ रहेका भारतीय समुदायका सदस्यहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
भारतले आफ्ना नागरिक र कर्मचारीका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइरहने पनि उल्लेख गरेको छ।