कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

आइतबार, २० पौस २०८२

काठमाडौं—नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

यही पुस २१ गते सोमबार (भोलि) दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पुषका लागि विशेष अधिवेशन बोलाएपश्चात समस्या जटिल बन्दै गएको छ।

पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको नेताहरूले बताएका छन् ।