केपी शर्मा ओली बयानको लागि खुसुक्क मानव अधिकार आयोग पुगे

आइतबार, २० पौस २०८२

काठमाडौं—घरमैं आएमात्र बयान दिन्छु भनेर शुशिला कार्की नेतृत्वको सरकारलाई धम्क्याइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली बयानको लागि खुसुक्क मानव अधिकार आयोग पुगेका छन् ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले सोधपुछ गरेको आयोगकी सदस्य लिली थापाले बताएकी छन् ।

२३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।