नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी कुटिए
काठमाडौं—ऋण उठाउन गएका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि स्थानीयले निर्घात कुटपिट गरेका छन् ।
ऋणीलाई अपशब्दप्रयोग गर्दै धम्क्याएपछि दाङका स्थानीयले बैंकका कर्मचारीलाई कुटेका हुन् ।
बैंकको घोराही शाखाबाट खटिएका कर्मचारीमाथि स्थानीयले आईतबार कुटपिट गरी घाइते बनाएको बैंकले जनाएको छ ।
कर्जा असुलीका क्रममा ज्यान मार्ने नियतसहित कर्मचारीमाथि निर्घात कुटपिट गर्नेलाई कारवाही गर्न बैंकको कर्मचारी युनियनले माग गरेको छ ।
यस्ता घटनाप्रति विज्ञप्ति जारी गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले गम्भीर आपत्ति जनाउँदै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
‘