विदेशबाट ३ हजार नेपाली निष्काशन
काठमाडौं—विदेशबाट ३ हजार नेपाली निष्काशन भएका छन् ।
पछिल्लोएक वर्षमा अमेरिका लगायत बिभिन्न देशबाट ३ हजार नेपाली निष्काशन भएका हुन् ।
सन् २०२५ मा डीपोर्टमा परेका नेपालीको संख्या करिव ३ हजार रहेको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार ७७ देशबाट नेपाली निष्काशनमा परेका हुन् ।
अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा डिपोर्ट हुने नेपालीको संख्या २.२७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
सन् २०२४ मा ५६ देशले १ हजार २२८ जना नेपालीलाई डिपोर्ट गरेका थिए ।
सन् २०२५ मा मलेसिया, अमेरिकाले सबैभन्दा बढी नेपालीलाई डिपोर्ट गरेका छन् ।
जसअनुसार मलेसियाबाट ४९८ नेपाली निष्काशनमा पर्दा अमेरिकाबाट ४६२ नेपाली डिपोर्टमा परे ।
यसपछि क्रमशः यूएईबाट ३२३, दक्षिण कोरियाबाट २५७ र जापानबाट १२८ जना नेपाली डिपोर्ट भएका छन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार अपराधमा संलग्न भई कैद भुक्तान गरेको, सम्बन्धित मुलुकमा ओभरस्टे गरेको, भिसा नलिइकन गैरकानुनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानुनविपरीतका गतिविधिमा संलग्न भएकालाई डिपोर्ट गरिएको हो ।