राष्ट्रियसभामा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काठमाडौं—निर्वाचन नहुदै नेपाली कांग्रेसले राष्ट्रिसभामा आफ्नो एकसिट सुरक्षित गरेको छ।
राष्ट्रियसभा उम्मेदवार बनेका सुनीलबहादुर थापा कोशी प्रदेशबाट निर्विरोध निर्वाचित भएपछि आफ्नो सिट सुरक्षित गरेको हो।
कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्।
उनले उम्मेदवारी दिएको ठाउमा अन्यको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिएका छन्।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका छन्।